खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
clickmandu.com · Mon Jul 06 04:12:15 GMT 2026

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरू भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो ।
इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म रहनेछ । त्यसपछि ८६ वर्षीय खामेनीलाई उहाँको जन्मस्थान मशहदस्थित इमाम रेजा मन्दिर परिसरमा अन्त्येष्टि गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)