स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी
nagariknews.nagariknetwork.com · Mon Jul 06 04:07:34 GMT 2026

जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको स्याउ बगैंचामा अहिले तीन सय बिरुवा छन्। उनको बगैंचामा गोल्डेन, रेड डेलिसिएस लगायत तीन जातका स्याउ फल्छन्। वार्षिक ३० देखि ४० क्विन्टलसम्म स्याउ उत्पादन हुने उनले व्यापारीलाई काँचै बेच्दैनन्। बरु सबै स्याउ चाना बनाएर बजार पठाउँछन्। यही निर्णयले उनको खेतीलाई सामान्य उत्पादनबाट मूल्य अभिवृद्धि भएको व्यवसायमा रूपान्तरण गरेको छ। ११ वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैंचाबाट उत्पादन हुने स्याउलाई प्रशोधन गरेर बेच्ने सोच राखेर उनले धेरै वर्षअघि बनाएका थिए। त्यसका लागि ‘बोहोरा कृषि फलफूल तथा प्रशोधन फर्म’ दर्ता गरे।
२०७४ सालदेखि स्याउका चाना बिक्री सुरु गरेका उनले पहिलो वर्ष ६० केजी मात्रै बिक्री गर्न सके। प्रति केजी आठ सय ५० रुपैयाँका दरले बिक्री हुँदा ४२ हजार पाँच सय रुपैयाँ आम्दानी भएको थियो। त्यही सानो सुरुवात आज वार्षिक सात लाख रुपैयाँभन्दा बढीको कारोबारमा रूपान्तरण भएको छ। समयसँगै उत्पादन र बजार दुबै बढे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)