मुजफ्फरपुरको अस्पतालमा आगलागी, कम्तीमा तीन जनाको मृत्यु
kendrabindu.com · Thu Jun 04 06:11:43 GMT 2026

काठमाडौं । भारतको बिहारको मुजफ्फरपुरस्थित एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार जिल्लाको प्रसाद अस्पतालमा उक्त घटना भएको हो। जिल्ला प्रशासनका अनुसार आईसीयूमा लागेको आगोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ।पछि बिहारका उपमुख्यमन्त्री सम्राट चाैधरीले चार जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)