नेपालको दीर्घकालीन विकासमा एडीबीको साथ रहने अध्यक्ष कान्डाको प्रतिबद्धता
nepalviews.com · Mon Jul 06 04:29:17 GMT 2026

काठमाडौं। Asian Development Bank (एडीबी) का अध्यक्ष Masato Kanda ले नेपालले पटक–पटकका संकट र परिवर्तनका चरणहरू पार गर्दै उल्लेखनीय लचकता (रेजिलियन्स) प्रदर्शन गरेको भन्दै त्यसलाई दिगो विकासमा रूपान्तरण गर्न एडीबीले निरन्तर सहयोग गर्ने बताएका छन्।
नेपाल भ्रमणमा रहेका अध्यक्ष कान्डाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गरेका छन्। उनले नेपालमा एडीबीको हाल ३.९ बिलियन अमेरिकी डलर बराबरको सक्रिय विकास परियोजना रहेको जानकारी दिँदै नेपालका लागि सबैभन्दा ठूलो विकास साझेदारका रूपमा अवसर सिर्जना गर्ने र दीर्घकालीन आर्थिक वृद्धिको आधार निर्माणमा एडीबीले सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)