अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
ratopati.com · Mon Jul 06 04:37:09 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनमार्फत पूर्व स्वीकृतिविना व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)