एक सातामै तीन ठूला सडक दुर्घटना : सडक सुरक्षामाथि गम्भीर प्रश्न
kalakarmi.com · Mon Jul 06 05:13:02 GMT 2026

काठमाडौं- देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।
असार २१ गते आइतवार डोल्पा जिल्लामा भएको अर्को घटनामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा असार १८ गते भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)