साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ
canadanepal.com · Thu May 21 23:58:08 GMT 2026
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिहीबार बिदाइ गरिएको छ । भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ ।
प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका २३ खेलाडी, व्यवस्थापक, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षकसहितको टोली सहभागी हुनेछ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई बिहीबार मन्त्रालयमा बिदाइ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)