शुक्लाफाँटा नगरपालिकामा अनुमतिबिना घुम्ती व्यापार गर्न नपाइने
baahrakhari.com · Mon Jul 06 05:13:27 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमतिबिना अनधिकृत रूपमा घुम्ती व्यापार, व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्वस्वीकृति नलिई ढुवानी तथा सवारीसाधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार, पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनि ट्रकलगायत सवारीसाधनमार्फत पूर्वस्वीकृतिबिना व्यापार, व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)