नाडा अटो शो २०२६ को स्टल बाँडफाट सम्पन्न
baahrakhari.com · Mon Jul 06 05:14:11 GMT 2026

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आयोजना गरिएको ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टल बाँडफाट सम्पन्न भएको छ । भदौ ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सेवा प्रदान गर्न १८औं संस्करण ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजनाको स्टल बाँडफाट सम्पन्न भएको हो ।
प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो । २१ गते नाडा सचिवालयमा नाडाका अध्यक्ष, एवं पदाधिकारी तथा केन्द्रीय पदाधिकारीको उपस्थितिमा गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीलाई स्टल बाँडफाड गरिएको नाडाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)