ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ : स्वीडेन पहिलो, नेपाल १६४औँ स्थानमा
nepalnews.com · Mon Jul 06 05:24:54 GMT 2026

काठमाडौं। ग्लोबल सिटिजन सोलुसन्सद्वारा सार्वजनिक ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ मा स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा पहिलो स्थानमा परेको छ। नेपाल भने दुई स्थान सुधार गर्दै १६४औँ स्थानमा पुगेको छ।
१४ सूचकका आधारमा तयार गरिएको इन्डेक्समा भ्रमण सहजता, लगानी अवसर र जीवनस्तरलाई मूल्यांकन गरिएको छ। नेपाली पासपोर्टधारीले १० देशमा बिनाभिसा वा आगमनमा भिसा सुविधा पाउँछन् भने करिब १०७ गन्तव्यका लागि पूर्वभिसा आवश्यक पर्छ। दक्षिण एसियामा भारत १२५औँ, चीन १०४औँ र अफगानिस्तान अन्तिम १९७औँ स्थानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)