शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधासहित जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ बजारमा
arthadabali.com · Mon Jul 06 05:36:49 GMT 2026

काठमाडौँ / ग्लोबल प्रविधि कम्पनी जेडटिई (ZTE) ले नेपाली बजारमा आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ सार्वजनिक गरेको छ। कम्पनीले यो स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरलाई लक्षित गर्दै फ्ल्यागशिपस्तरका गेमिङ फिचरसहित बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नुबिया नियो सिरिजअन्तर्गतको यो स्मार्टफोनमा १.५के रिजोलुसनको १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिङ स्मार्टफोन उद्योगमै पहिलोपटक बिल्ट–इन कुलिङ फ्यान, ८० वाट फास्ट चार्जिङ र ६,२१० एमएएच क्षमताको डुअल–सेल ब्याट्री जस्ता विशेषता समावेश गरिएको छ। यी सुविधाले लामो समयसम्म सहज गेमिङ, प्रभावकारी ताप व्यवस्थापन र उच्च प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)