विश्वकै शक्तिशाली पासपोर्ट स्वीडेनको, नेपालको वरीयता दुई स्थान सुधार हुँदै १६४औँ स्थानमा
ajakoartha.com · Mon Jul 06 05:49:00 GMT 2026

काठमाडौं- सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ। रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देश बनेको छ। शीर्ष १० मध्ये नौ स्थान युरोपेली देशले ओगटेका छन् भने नेपालको पासपोर्ट गत वर्षको तुलनामा दुई स्थान सुधार हुँदै १६४औँ स्थानमा पुगेको छ।
परम्परागत रूपमा बिनाभिसा (भिसा–फ्री) यात्रालाई मात्र आधार मानिने पासपोर्ट वरीयताभन्दा फरक, यस इन्डेक्समा १४ वटा सूचकका आधारमा पासपोर्टको समग्र शक्ति मूल्यांकन गरिएको छ। भ्रमण सहजतालाई ५० प्रतिशत, लगानीका अवसरलाई २५ प्रतिशत र जीवनस्तरलाई २५ प्रतिशत भार दिइएको छ। मूल्यांकनका लागि विश्व बैंक, विश्व आर्थिक मञ्च तथा दिगो विकास प्रतिवेदनलगायत अन्तर्राष्ट्रिय संस्थाका तथ्यांक प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)