अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
barnanmedia.com · Sun Sep 06 19:15:00 GMT 2026

इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन् ।
इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३ः५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो । ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)