शुक्लाफाँटामा अनधिकृत घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने
himalpress.com · Mon Jul 06 06:00:28 GMT 2026

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ। नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनमार्फत पूर्व स्वीकृतिविना व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो।
हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ । पूर्व स्वीकृतिविना व्यापार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)