मन्त्रिपपरिषद्ले गर्यो १५ सहसचिवको सरुवा
barnanmedia.com · Mon Jul 06 05:55:15 GMT 2026

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवा सूचीअनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवहरूलाई बाहिर पठाइएको छ भने केही नयाँ अनुहार भित्रिएका छन्। अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालयमा र गजेन्द्र कुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)