आहार पूरक खाद्य पदार्थ प्रयोग नगर्न आग्रह
gorkhapatraonline.com · Fri May 22 00:51:11 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि आहार पूरक खाद्य पदार्थ दर्ता नभएको र यसको बिक्रीवितरणका लागि अनुमति नदिएको स्पष्ट पारेको छ । विभागले बिहीबार विज्ञप्तिमार्फत विभिन्न सामाजिक सञ्जालमा यस पदार्थबारे प्रकाशित भ्रामक समाचार तथा प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था तथा आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ को प्रावधानबमोजिम फुड, हेल्थ, न्युट्रिसनल वा डाइटरी सप्लिमेन्ट, न्युट्रास्युटिकल तथा प्रोबायोटिक जस्ता उत्पादन विभागमा दर्ता भएर मात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)