अन्धविश्वास र भ्रमको चपेटामा इबोला : काङ्गोमा आक्रोशित भीडले जलाए अस्पतालका आइसोलेसन वार्ड
ratopati.com · Fri May 22 01:05:23 GMT 2026

बुनिया । प्रजातान्त्रिक गणतन्त्र (डीआर) काङ्गोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारीको केन्द्रविन्दुमा रहेको एउटा अस्पतालमा आक्रोशित भीडले आगजनी र तोडफोड गरेको छ। इबोला भाइरसका कारण ज्यान गुमाएका एक युवाको शव अन्तिम संस्कारका लागि परिवार र साथीहरूलाई लैजान नदिएपछि भड्किएको भीडले अस्पतालमा आक्रमण गरेको हो।
इतुरी प्रान्तको बुनिया सहर नजिकै रहेको र्वाम्पारा जनरल अस्पतालमा स्थानीयबासीले ढुङ्गामुढा गर्नुका साथै आइसोलेसन वार्डका रूपमा प्रयोग गरिएका पालहरूमा आगो लगाइदिएको स्थानीय राजनीतिज्ञ लुक मालेम्बे मालेम्बेले बताए। स्थिति नियन्त्रणमा लिन र भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)