रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
ajakoartha.com · Mon Jul 06 06:18:00 GMT 2026
काठमाडौं- रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो।
Big Match on TV, Premium Service on Call नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। प्रत्येक कोठामा टेलिभिजनको सुविधा उपलब्ध भएकाले भीडभाडयुक्त बार वा सार्वजनिक प्रदर्शनस्थलको झन्झटबाट टाढा रहेर आरामदायी रूपमा खेलको आनन्द लिन सकिने होटलले जनाएको छ। होटलले यसलाई एक्लै खेल हेर्न चाहने फ्यानदेखि साथीभाइको समूहमा बसेर विश्वकपको मजा लिन चाहनेहरूका लागि उपयुक्त प्याकेजका रूपमा प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)