प्रिमियम स्टेकेसन प्याकेजसहित रोमाञ्चक विश्वकप अनुभव
baahrakhari.com · Mon Jul 06 06:18:24 GMT 2026

काठमाडौं । रामादा बाई विन्धाम इटहरीले जारी विश्वकप सिजनमा फुटबलप्रेमीका लागि विशेष स्टेकेसन प्याकेज सार्वजनिक गरेको छ । सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो ।
‘बिग म्याच अन टीभी, प्रिमियम सर्भिस अन कल’ नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)