भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने
ratopati.com · Sun Sep 06 19:46:08 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले भैरहवास्थित भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताएका छन् ।
हालको अस्पतालको ५० शय्या क्षमताले दैनिक आउने बिरामीको चाप धान्न कठिन भइरहेको उल्लेख गर्दै उनले अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी र सेवा थप गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)