धान उत्पादन घट्दा कृषि क्षेत्रको वृद्धि १.५८ प्रतिशतमा सीमित
kalakarmi.com · Mon Jul 06 06:25:34 GMT 2026

काठमाडौं- नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सुस्त देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित भएको छ ।
धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रको समग्र वृद्धिलाई कमजोर बनाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानबालीको उत्पादन घटे पनि पशुपन्छी, तरकारीबाली, फलफूल तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक अवस्थामा कायम राख्न सहयोग गरेको छ । यी उपक्षेत्रको योगदानका कारण कृषि क्षेत्र ऋणात्मक हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)