युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड
ajakoartha.com · Mon Jul 06 06:28:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकाससम्बन्धी अन्तर्क्रियामा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिइएको छ । कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा उनीहरूले छलफल गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)