चेन्नई प्लेअफको दौडबाट बाहिर, गुजरात शीर्ष दुईमा बलियो, बैंगलुरू शीर्षमा
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणमा अब मात्र चार खेल बाँकी छन्। बिहीबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ। यस पराजयसँगै चेन्नई प्लेअफको दौडबाट बाहिरिने मुम्बई र लखनउपछि तेस्रो टोली बनेको छ। चेन्नईको १४ खेलमा ६ जितका साथ मात्र १२ अङ्क रह्यो।
अर्कोतर्फ गुजरातले यो जितसँगै अङ्क तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ। गुजरातको १४ खेलमा ९ जित र १ रद्द खेलसहित कूल १७ अङ्क रहेको छ र टोली दोस्रो स्थानमा कायम छ। यो ठुलो जितले गुजरातको शीर्ष दुईमा रहँदै क्वालिफायर-१ खेल्ने सम्भावनालाई निकै बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)