भोटेकोशी बाढी : उद्धार र राहतमा जुट्न निजी क्षेत्रलाई महासंघको आह्वान
aarthiknews.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा निजी क्षेत्रको स्रोत र सामर्थ्य परिचालन गर्न उद्योगी–व्यवसायीलाई आह्वान गरेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका नदी तटीय क्षेत्रमा बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)