कर्णाली दुर्घटनाको विषय संसद्मा उठ्यो, राज्यले बेवास्ता गरेको टिप्पणी
nepalviews.com · Mon Jul 06 06:52:08 GMT 2026

काठमाडौं । दैलेखकाे चामुण्डा विन्द्रासैनी नगरपालिकास्थित कर्णाली राजमार्गमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा बेपत्ता भएको विषय संसद्मा उठेको छ । दैलेखबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र जुम्मलाबाट प्रतिनिधितित्व गर्ने राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यो विषय सोमबार प्रतिनिधिसभामा उठाएका हुन् । दुर्घटनाको पाँच दिनसम्म पनि गाडी भेटिएको छैन । यात्रुको अवस्था अज्ञात छ ।
कांग्रेस प्रमुख सचेतक थापाले कर्णालीमा भएको दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताइन् । उनले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको भए पनि यति लामो समय बितिसक्दा समेत राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)