कर्णालीमा गाडी खसेको घटनाबारे सरकार बेखबर रहेको भन्दै ‘रुलिङ’को माग
baahrakhari.com · Mon Jul 06 06:49:04 GMT 2026

काठमाडौं । यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी दैलेखस्थित कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । सोमबार (असार २२) प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अहिलेसम्म उक्त दुर्घटनाबारे सरकार बेखबर भएको भन्दै कर्णाली नेपालमा पर्छ कि पर्दैन ? भनेर प्रश्न गरे ।
“कर्णाली नेपालमा पर्छ कि पर्दैन ? विपद्का बेला राज्य किन बेखबर हुन्छ ? आकाशमा मन्त्री उडिरहँदा नदीमा नागरिक डुबिरहेका थिए,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)