जापानको दुई अर्ब ६८ करोड अनुदान सहायतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गरिने
baahrakhari.com · Mon Jul 06 06:54:30 GMT 2026

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका निम्ति जापानसँग अनुदान सहायता लिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न जापानसँग दुई अर्ब ८५ करोड जापानी येन (दुई अर्ब ६८ करोड रुपैयाँ) अनुदान सहायता लिने प्रक्रिया सरकारले अघि बढाएको हो ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि दुई अर्ब ८५ करोड जापानी येन अनुदान सहायतासम्बन्धी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको,” अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछिको १०० दिनमा गरेका महत्त्वपूर्ण कार्यको सूचीमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)