धुलिखेल-खावा सडकखण्डमा रातको समयमा बन्द नगरिने
nepalsamaya.com · Mon Jul 06 07:00:38 GMT 2026

काभ्रेपलाञ्चोक- बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ। सो सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ।
निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो। उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्नका लागि रातको समयमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)