सिन्धुपाल्चोकमा गुठीका जग्गा जोत्ने किसानलाई लालपुर्जा दिन सांसदको माग
baahrakhari.com · Mon Jul 06 07:07:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकमा गुठीको जग्गा जोत्नेका नाममा लालपुर्जा दिन माग गरेका छन् । सोमबार (असार २२) प्रतिनिधिसभा बैठकमा उनले गुठी अस्थित्वमा नरहेको तर पुर्खौंदेखि जोत्दै आएका किसानले जमिनको बहुउपयोग गर्न नपाएको बताए ।
“सिन्धुपाल्चोककमा रहेका जमिन विभिन्न गुठिमा नाममा छन्, जोत्ने किसानको नाममा जमिनको स्वमित्व छैन । विभिन्न अस्थित्वमा नै नरहेको गुठीको नाममा जमिन हुँदा पुर्खौंदेखि जोत्दै आएको जमिनाको बहुउपयोग गर्न पाएका छैनन्,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)