विद्युत् प्राधिकारणका मजदुरको उद्धारमा तीव्रता
nepalviews.com · Fri Aug 28 06:53:12 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।
सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको हो। विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)