ड्याम पुनः फुटेपछि भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता, सुरक्षित स्थानमा जान चेतावनी
canadanepal.com · Fri Aug 28 06:50:59 GMT 2026

रसुवा -नेपाल–चीन सीमावर्ती क्षेत्रअन्तर्गत तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालतर्फका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरोका कारण बनेको ड्याम फुटेर ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्न थालेपछि भोटेकोशी र त्रिशूली नदी आसपास बाढीको जोखिम बढेको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरी नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)