बाराका रास्वपा सभापति स्वर्णकार पार्टीबाट निष्काशित
onlinekhabar.com · Fri May 22 02:04:56 GMT 2026

८ जेठ, काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् ।
अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो । त्यसैले उनलाई कारबाही गरिएकाले रास्वपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)