सिड्नीमा ‘चिल्ड्रन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न: कला र संस्कृति हस्तान्तरणको अनुपम उदाहरण
news24nepal.tv · Mon Jul 06 07:43:36 GMT 2026

अष्ट्रेलिया । गत शनिबार सिड्नीको ब्ल्याकटाउनस्थित बमन हल नेपालीहरूको उपस्थितिले खचाखच भरिएको थियो। झण्डै चार सयको हाराहारीमा उपस्थित पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली दर्शकहरूको यो बाक्लो उपस्थिति कुनै साधारण जमघटका लागि नभएर, अष्ट्रेलियामा हुर्किरहेका नेपाली मूलका बालबालिकाहरूको प्रतिभा हेर्न र उनीहरूको हौसला बढाउनका लागि थियो।
नेपालबाट हजारौं किलोमिटर टाढा रहेर पनि बालबालिकाहरूले नेपाली भाषा, कला, संस्कृति र परम्परालाई यति सुन्दर ढंगले प्रस्तुत गरे कि त्यहाँ उपस्थित नेपाली मात्र होइन, कार्यक्रममा सहभागी विदेशी दर्शकहरू समेत दंग देखिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)