राष्ट्रियसभामा दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग
shilapatra.com · Mon Jul 06 07:30:00 GMT 2026

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महँगी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ मागे । सांसद मनरुपा शर्माले साझा बसमा निलो रङ प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पहिचान र मौलिकता जोगाउन आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)