क्वाटरफाइनल पुग्न स्पेन र पोर्चुगल भिड्दै
neplays.com · Mon Jul 06 08:03:00 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा मंगलबार विहान दुई युरोपेली महारथी पोर्चुगल र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ । पोर्चुगलका ४१ वर्षीय भेट्रान स्टार क्रिस्टियानो रोनाल्डो अर्का लिजेन्ड लियोनल मेसीले कतार विश्वकपमा देखाएको जस्तै चामत्कारिक प्रदर्शन दोहोर्याउँदै टोलीलाई अघि बढाउन लालायित छन् । तर, बलियो स्पेनविरुद्धको खेल रोनाल्डोका लागि कठिन बन्न सक्ने अनुमान खेल विश्लेषकहरूले गरेका छन् । युरो २०२४ को च्याम्पियन टोली स्पेन दुई वर्षअघिको तुलनामा केही कम आक्रामक देखिए पनि टोलीको आपसी तालमेल र क्लब फुटबल शैलीको प्रदर्शनले पोर्चुगलका लागि फलामको चिउरा साबित हुने निश्चित छ ।
पछिल्लो समय स्पेनको अग्रपङ्क्ति अल्भारो मोराटाको स्थानमा मिकेल ओयार्जाबालले सम्हालेपछि चुस्त देखिएको छ । ओयार्जाबालले जारी प्रतियोगितामा ४ गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला १६ खेलमा १७ गोलको सानदार रेकर्ड बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)