पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
nepalviews.com · Mon Jul 06 08:00:37 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गुप्ताले २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई जाँच अवधि मानेर अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनी तथा एकाघर परिवारले विभिन्न वैधानिक स्रोतबाट ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा आम्दानी गरेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)