आङ्देम्बेले संसदमा खोजे प्रधानमन्त्री बालेन
shilapatra.com · Mon Jul 06 08:09:18 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरे । यसअघिको सम्बोधनमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई नखोज्ने बताएका उनले विपक्षी दलको नेता बोल्दा सदनमा प्रधानमन्त्रीको उपस्थितिको परम्परा स्मरण गराए ।
सरकारले १०० दिन पूरा गरेपछि उनले संसदलाई सम्बोधन गरेका हुन् । ‘संसदमा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसदमा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन्,’ आङ्देम्बेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)