राजमार्गका अतिक्रमण हटाउन सडक डिभिजन दाङको १५ दिने अल्टिमेटम
nepalviews.com · Fri May 22 02:59:00 GMT 2026

दाङ । सडक डिभिजन कार्यालय, दाङले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन १५ दिनको समयसीमा (अल्टिमेटम) दिएको छ।
कार्यालयले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै सडक सीमा मिचेर निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचनाहरू सम्बन्धित व्यक्ति वा संस्था आफैँलाई भत्काउन निर्देशन दिएको हो। सार्वजनिक सडक ऐन, २०३१ को व्यवस्था विपरीत बनेका यस्ता संरचनाले सवारी आवागमनमा अवरोध पुर्याउनुका साथै सडक सुरक्षामा समेत गम्भीर जोखिम निम्त्याएको कार्यालयको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)