वीरगञ्जमा डोजर चलाएर घर भत्काउने प्रयास तत्काल रोक्न राष्ट्रिय मुक्ति पार्टीको माग
nepalviews.com · Mon Jul 06 08:11:54 GMT 2026

वीरगञ्ज । राष्ट्रिय मुक्ति पार्टीले वीरगञ्ज महानगरपालिकाले बजार तथा सडक व्यवस्थापनको नाममा वैधानिक लालपुर्जा भएका घर तथा संरचना डोजर लगाएर भत्काउने र नागरिकलाई विस्थापित गर्ने प्रयासप्रति गम्भिर आपत्ति जनाउँदै तत्काल रोक्न सरकारसँग माग गरेको छ।
पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा विकासका नाममा नागरिकलाई घरबारविहीन बनाउने कार्य कुनै पनि दृष्टिले स्वीकार्य नहुने उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको निजी सम्पत्तिको अधिकार र आवासको अधिकारको सम्मान गर्नुपर्ने जनाएको छ। साथै, विश्व मानवअधिकार घोषणापत्र (UDHR) तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICESCR) ले समेत उचित कानुनी प्रक्रिया, जनसहमति, न्यायोचित क्षतिपूर्ति र पुनर्स्थापनाविना नागरिकलाई बलपूर्वक विस्थापित गर्न नपाइने व्यवस्था गरेको पार्टीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)