चीनतर्फ ताल फुट्न थालेकाे सूचनापछि हेलिकप्टरबाट हवाई निरीक्षण गरिँदै
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ। चीनतर्फ बाढीका कारण बनेको ठूलो ताल फुट्न थालेको सूचना आएपछि रसुवाको भोटेकोशी र आसपासका क्षेत्रमा थप जोखिमको आकलन गर्न हेलिकोप्टरबाट हवाई निरीक्षण (रेकी) गर्ने तयारी गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) का अनुसार धुन्चे र रसुवाका विभिन्न स्थानमा यसअघि नै रहेका हेलिकोप्टरलाई रेकीका लागि परिचालन गरिने भएको छ। काठमाडौँ विमानस्थलबाट थप हेलिकोप्टर पठाएर रेकी नगरिने आरसीसीका एक अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)