रघुगङ्गामा स्थानीय पाठ्यपुस्तक लागू
barnanmedia.com · Fri May 22 02:59:04 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ ।
चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगङ्गा’ तयार गरेको हो । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनको नेतृत्वमा गठन गरेको कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेका हो । एक सय पूर्णाङ्कको पठनपाठन हुने गरी स्थानीय पाठ्यपुस्तकको रुपमा पालिकाभित्रका ३३ सामुदायिक र एक संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई उक्त पुस्तक पठनपाठन गराउन सुरु गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)