सिद्धार्थनगर नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धन, फूलैफूलको रौनक
aarthiknews.com

भैरहवा । स्थानीय तह निर्वाचन–२०७९ पछि सिद्धार्थनगर नगरपालिकाले हरियाली प्रवद्र्धन, वातावरण संरक्षण र नगर सुन्दरीकरणलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएको छ ।
नगर प्रमुख इस्तियाक अहमद खान नेतृत्वको नगरपालिकाले सडक किनार, डिभाइडर, सार्वजनिक स्थान तथा विभिन्न समुदायमा वृक्षारोपण अभियान सञ्चालन गर्दै हरियाली विस्तारको कामलाई निरन्तरता दिएको छ। नगर प्रमुख खानले निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार आफूले प्राप्त गरेको मत बराबर बिरुवा रोप्ने अभियान सुरु गरेका थिए । नगरपालिकाका अनुसार अहिले उक्त लक्ष्यभन्दा बढी बिरुवा रोपिएको छ भने नगरका मुख्य सडकहरू फूल र हरियालीले सजिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)