सरकारको १०० दिनबारे कांग्रेसको समीक्षा- ‘काले काले मिलेर खाऊँ भाले’ जस्तै
nepalpress.com · Mon Jul 06 08:22:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको १०० बुँदे शासकीय सुधारको दाबी हात्तीका देखाउने दाँत जस्तै भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारको कार्यसक्षमतामाथि प्रश्न उठाए।
उनले भने, ‘सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारको सूचीहरूको कार्यान्वयनको स्थितिलाई हेर्दा केही आशा गर्ने ठाउँ भए पनि त्यसलाई समग्रमा हात्तीको देखाउने दाँत जस्तो मात्रै भएको भनेर भन्दा अतिशयोक्ति नहोला। कागजमा सुधार, व्यवहारमा अपारदर्शिता, भाषणमा सुशासन, कार्यशैलीमा चयनात्मकता, प्रतिबद्धतामा लोकतन्त्र, अभ्यासमा एकल निर्णय, जनतालाई आशा देखाइयो तर परिणाम निराशाजनक आयो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)