सम्पत्ति शुद्धीकरण कसुरमा २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
kendrabindu.com · Fri May 22 03:19:38 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई सिफारिस गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाविरुद्ध मुद्दा चलाउन सिफारिस आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)