एडीबी अध्यक्ष कान्डा काठमाडौँमा
hamrakura.com · Mon Jul 06 00:00:00 GMT 2026
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्। उनले नेपाल आगमनको जानकारी सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत गराएका हुन्।
नेपाल ओर्लिएलगत्तै अध्यक्ष कान्डाले एडीबीले नेपालको समग्र विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने बलियो प्रतिबद्धता दोहोर्याएका छन्। नेपालको प्रमुख विकास साझेदारका रूपमा रहेको एडीबीले आगामी दिनमा पनि रोजगारी सिर्जना र नयाँ आर्थिक अवसरहरूको विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा आफ्नो सहयोगलाई निरन्तरता दिने उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)