सरकारको १०० बुँदे शासकीय सुधारको दाबी ‘हात्तीका देखाउने दाँत’ : आङ्देम्बे (पूर्णपाठ)
baahrakhari.com · Mon Jul 06 08:28:00 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदा ‘हात्तीका देखाउने दाँत’ जस्तो भएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले केही आशा गर्ने ठाउँ भने रहेको बताए ।
कागजमा सुधार व्यवहारमा अपारदर्शीता रहेको टिप्पणी उनको छ । भाषणमा सुशासन, कार्यशैलीमा चयनात्मकता देखिएको भनाइ उनको छ । “प्रतिबद्धतामा लोकतन्त्र, अभ्यासमा एकल निर्णय । जनतालाई आशा देखाइयो तर परिणाम निराशाजनक आयो । फेरि पनि भन्छु, लोकतन्त्रमा सरकारको मूल्यांकन प्रचारपत्रले हुँदैन, जनताले गर्ने हुन् । यी सबै कुरा जनताले आफ्नो कालो डायरीमा टिपोट गर्दै गरेका होलान्,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)