मुख्यमन्त्रीद्वारा कैलारीका टेढी र गुर्गी बाँधको निरीक्षण
gorkhapatraonline.com · Fri May 22 03:29:01 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री शाहले कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजनाअन्तर्गतका बाँधहरूको बिहीबार साँझ स्थलगत निरीक्षण गर्नुभएको हो । टेढी सिँचाइ आयोजनाबाट गाउँपालिकाका वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट वडा नम्बर ७, ५, १ र ३ का कृषकहरू लाभान्वित हुँदै आएका थिए । २०६४ सालमा आएको बाढीले बाँध क्षतिग्रस्त बनाएपछि यी आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । बाँध भत्किनुका साथै नहर निर्माण हुन नसक्दा त्यस क्षेत्रका किसानहरू वर्षौंदेखि समस्यामा परिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)