हरियालीले ढाकिएका आलुका फाँट, किसानमा समृद्धिको आशा
gorkhapatraonline.com · Fri May 22 03:48:55 GMT 2026

बैतडी जिल्लाका विभिन्न गाउँहरू यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पे क्षेत्रका खेतबारीमा फैलिएका आलुका फाँटले ग्रामीण भेगको सौन्दर्य मात्र बढाएको छैन, यसले किसानको जीवनमा आशा र आत्मनिर्भरताको नयाँ आधार पनि तयार पारेको छ ।
पाटन नगरपालिका–८, ९ र १० नम्बर वडालाई जिल्लाकै प्रमुख आलु पकेट क्षेत्रका रूपमा चिनिन्छ । यहाँका अधिकांश किसान अहिले परम्परागत खेतीबाट व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित भएका छन् । आलुसँगै बेमौसमी तरकारी खेतीले किसानको आम्दानी बढाउँदै लगेपछि गाउँघरमै स्वरोजगारको वातावरण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)