अब यो देशमा रगत होइन पसिना बगाउनुपर्छ : हर्क साम्पाङ
baahrakhari.com · Mon Jul 06 09:00:08 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले व्यवस्था परिवर्तनको बहस सुनिन थालेको भन्दै त्यसतर्फ नसोच्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै व्यवस्था र अवस्था परिवर्तनको नाममा धेरै आमाको कोख रित्याएको भन्दै फेरि त्यो अवस्थातर्फ लैजान नहुने बताए ।
“फेरि मुलुकमा सहिद हुनुपर्ने गतिविधि हामीबाट हुनुहुँदैन । बौद्धिक, विद्धान व्यक्तिहरू त्यसतर्फ सोचिरहनु भएको छ भने म अनुरोध गर्न चाहन्छु, त्यसतर्फ नसोचौँ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)