नेपालमा शाओमीको सेवा विस्तार, तीन सहरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा
aarthiknews.com

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले नेपालमा आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै धरानलाइन, इटहरी र नारायणगढ (लायन्सचोक) मा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार नयाँ सेवा केन्द्रहरू सञ्चालनमा आएपछि शाओमी प्रयोगकर्ताले स्मार्टफोनदेखि वेयरएबल्स, हियरएबल्स तथा आइओटी उपकरणसम्मका लागि थप सहज, छरितो र विश्वसनीय प्राविधिक सेवा प्राप्त गर्न सक्नेछन्। यी केन्द्रहरूबाट सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्या समाधानसम्मका सेवा उपलब्ध हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)